FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

  • सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो एकाको हकको जग्गा अर्कोले चापी मिचि वा घुसाइ खाएको ।
  • सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएको ।
  • पति पत्नी विचको सम्बन्ध विच्छेद ।
  • गाली बेईजती ।
  • लुटपाट ।
  • पशुपंक्षी छाडा छोडेको वा पशुपंक्षी राख्दा वा पाल्दा लापरवाही गरि अरुलाई असर पारेमा ।
  • अरुको आवासमा अनाधिकृत प्रवेश गरेको ।

  नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न अनुसार छन् :

  •   नागरिकताको फारम कालो मसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको सनाखत गर्न जानेको नागरिकता
  •   जन्मदर्ता
  •   शैक्षिक योग्यताको प्रमाणपत्र, .विवाह दर्ता  (विवाहको सम्बन्धमा), बसाइँसराइ प्रमाणपत्र (सरि आएको भए)
     

घर जग्गा नाम सारी सिफारिस प्राप्त गर्न पेश गर्नु पर्ने कागजातहरु निम्न रहेका छन् :

  •  मृत्यु दर्ता प्रमाण पत्रप्रतिलिपि
  • नाता प्रमाणित प्रमाण पत्रसिफारिसप्रतिलिपि
  • नेपाली नागरिकताको प्रतिलिपि÷ १६ बर्षा नपुगेको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र
  • वडा सचिवको किटानी सिफारिस
  • गत वर्ष सम्म गाउँपालिकालाई सम्पूर्ण कर बुझाएको प्रमाण
  •  स्थलगत वडा सर्जमिनमुचुल्का
  • व्यवसाय दर्ता प्रमाणपत्र प्रतिलिपि ( व्यसायहकमा )
  •  घर बहाल कर तिरेको रसिद
     
  • उपभोक्ता समितिको खर्च अनुमोदन निर्णयको प्रतिलिपि
  • अनुगमन तथा सुपरिवेक्षण समितिको प्रतिवेदन 
  • सार्वजनिक परिक्षण फारम 
  • प्राविधिक नापी विवरण , खर्चको तेरिज ,उपभोक्ता समितिलाई भुक्तानी दिने विल र कार्य सम्पन्न प्रतिवेदन
  • खर्च विल , भरपाई , डोरहाजिरी आदि
  • अनिवार्य रुपमा सम्बन्धित योजनाको तस्विर (काम शुरु हुनुभन्दा अगाडि , काम शुरु हुदै गर्दा र काम सम्पन्न भएपछिको २।२ वटा फोटो)
  • सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
     

 

  •  उपभोक्ता समितिको योजना सम्झौता गरि पाउँ भन्ने निवेदन ( तोकिएको ढाँचामा )
  •  वडा प्रतिनिधिको रोहवरमा आम भेलाबाट उपभोक्ता समिति र अनुगमन तथा सुपरिवेक्षण समिति  गठनको निर्णयको प्रतिलिपि
  • उपभोक्ता समितिको पदाधिकारीको नागरिकताको प्रतिलिपि
  •  सम्बन्धित वडा कार्यालयको सिफारिस
  • प्राविधिक लागत इस्टिमेट 
  •  दर्तावाल संघ संस्था भएमा (दर्ता प्रमाण पत्र, नवीकरण प्रमाण पत्र , आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको प्रमणा पत्र, करचुक्ता प्रमाण पत्र र संस्थाको आधिकारिक व्यक्ति तोकिएको निर्णयको प्रतिलिपि )
     

घटना दर्ता तथा अन्य सिफारिस शुल्कहरु निम्नबमोजिम रहेका छन् :

  • जन्मदर्ता ३५ दिनभित्र निःशुल्क  त्यस अत्तवधि पश्चात रू ५०/
  • मृत्यु दर्ता ३५ दिनभित्र निःशुल्क त्यस अत्तवधि पश्चात रू ५०/
  • बिवाहदर्ता ३५ दिनभित्र निःशुल्क  त्यस अत्तवधि पश्चात दत रु ५०/
  • सम्बन्ध विच्छेद दर्ता ३५ दिन भित्र निःशुल्क ÷ त्यस अत्तवधि पश्चात रु ५०/
  • बसाइँ सराई दर्ता ३५ दिन भित्र निःशुल्क ÷ त्यस अत्तवधि पश्चात रु ५०/
  • आर्थिक अवस्थाकमजोर सिफारिस निःशुल्क

 

वडा कार्यालयबाट नागरिकताको सिफारिस, प्रतिलिपि सिफारिस, बसाइँ प्रमाणित, नाताप्रमाणित, अंगिकृत नागरिकता सिफारिस, अपांगता सिफारिस, नाबालक परिचयपत्र सिफारिस, आर्थिक अवस्था कमजोर सिफारिस, छात्रवृत्ति ( स्वदेश) सिफारिस, दुइटा नाम भएको व्यक्तिएकै हो भन्ने प्रमाणित, चार किल्ला प्रमाणित, घर जग्गा मुल्यांक / नामसारी सिफारिस, व्यसायदर्ता, नवीकरण, बन्द सिफारिस, बिद्युत / धारा जडान सिफारिस, सम्पत्तिकर, घरजग्गा कर बुझीलिने आदि जस्ता सेवाहरु प्रदान गरिन्छ  ।

व्यक्तिगत घटना ( जन्म, मृत्यु, विवहा, सम्बन्ध बिच्छेद र बसाइँ सराइ) दर्ता सम्बन्धित वडा कार्यालयमा स्थानीय पंजिकाधिकारी द्वारा अनलाइन प्रविधि मार्फत   गरिन्छ ?